थप १,९४८ जना काराेना संक्रमण, ९२ प्रतिशत निकाे भए

काठमाडौं । नेपालमा थप १ हजार ९ सय ४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार बुधबार गरिएकाे परीक्षणमा नयाँ संक्रमित पुष्टि भएसँगै कुल संक्रमितकाे संख्या दुई लाख २६ हजार २६ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या १६ हजार ६ सय ३९ रहेकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार २ सय १० वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ९० हजार ५ सय ९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् । निको हुनेको संख्या दुई लाख ७ हजार ९ सय ९८ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९पुगेको छ ।