Logo माघ १५, २०७७ बिहीबार


कोरोना बीमाका नाममा बीमा कम्पनीको बदमासी, भुक्तानी पाउन महाभारत

काठमाडौं । जतिबेला नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या न्युन थियो, नेपालका बीमा कम्पनीहरुलाई बीमा गर्न निकै दौडधुप थियो । बीमितहरुबाट करोडौं रकम पनि उठाए । तर अहिले ती बीमा कम्पनीहरुले भुक्तानी दिने बेला भने विभिन्न बहाना गरेर पन्छिरहेका मात्रै छैनन्, उनीहरुले बीमितलाई कहिले तपाइँको फाइल प्रोसेसमै छ भन्छन् त कहिले सरकारले पैसा नै दिएको छैन भन्दै दु:ख दिइरहेका छन । झुलाइरहेका छन् ।

त्यस्तै मध्येका एक इन्सुरेन्स कम्पनी हो, सानिमा जनरल इन्सुरेन्स 

सानिमा जनरल इन्सुरेन्स कम्पनीले हालसम्म १७ हजार ७ सय २७ जनाको कोरोना बीमा गराएको छ । उनीहरुबाट सानिमा जनरलले १ करोड १ लाख ३२ हजार ४ सय रुपैयाँ उठाएको थियो । उसले उठाएको मध्ये मंसिर ५ गतेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने ३६ लाख ५० हजार मात्रै रकम भुक्तानी गरेको छ । बाँकी ६४ लाख ८२ हजार ४ सय रुपैँया सानिमा जनरल इन्सुरेन्सले आफ्नो ढुकुटीमा राखेको छ । त्यति मात्रै होइन उसले बीमा रकम मागदाबी गरेकाहरुलाई भुक्तानी नदिएर विभिन्न बहाना गर्दै पन्छिरहेको छ । सानिमामा ५ सय ८७ जना कोरोना संक्रमितहरुले कोरोना बीमाको भुक्तानी दाबी गरेकामा जम्मा ३७ जनाले मात्रै भुक्तानी पाएका छन् । बाँकी ५ सय ५० जनाले अझै भुक्तानी पाउन सकेका छैनन् ।

प्रिमियर इन्सुरेन्स कम्पनी

सानिमा जनरल इन्सुरेन्सले जस्तै बीमितहरुसँग बीमा बापतको रकम उठाएर नदिने अर्को इन्सुरेन्स कम्पनी हो, प्रिमियर इन्सुरेन्स । उसले ५८ हजार ९ सय २९ जना बीमितहरुबाट ३ करोड ३३ लाख १० हजार ५ सय रुपैँया असुल गरेको छ । ती मध्ये हालसम्म उसले १२ लाख रुपैँया मात्रै भुक्तानी गरेको छ । यो रकम बीमा दाबी गरिएको ३ सय ७२ जना मध्ये १ सय २२ जनाले पाएको रकम हो । प्रिमियर इन्सुरेन्ससँग बीमितहरुबाट उठाएको २ करोड १३ लाख १० हजार ५ सय रुपैँया बाँकी छ । उसले पनि त्यो रकम आफ्नै ढुकुटीमा राखेको छ । तर बीमा रकम मागदाबी गरेका २ सय ५० जना बीमितहरुले अझै भुक्तानी पाउन सकेका छैैनन् । भनिन्छ, नियतमै खोट रहेपछि कस्को के लाग्छ र भन्ने नेपाली उखान जस्तै प्रिमियर इन्सुरेन्सले पनि त्यस्तै व्यवहार देखाइरहेको छ, बीमितहरुसँग ।

प्रुडेन्सियल इन्सुरेन्स

बीमितहरुसँग बीमा बापतको रकम उठाउने तर भुक्तानी नदिने इन्सुरेन्स कम्पनीहरुको सुचीमा प्रुडेन्सियल इन्सुरेन्सको नाम पनि समावेश छ । कोरोना भाइरस संक्रमणका बिरामी कम हुँदा यस इन्सुरेन्सले पनि निकै फाइदा हुने लोभमा २२ हजार ८ सय ८ जनाको कोरोना बीमा गराएको थियो । जसबाट प्रुडेन्सियलले १ करोड ९ लाख, ७१ हजार, ४० रुपैँया प्रिमियर उठाउन पनि सफल भयो ।

तर अहिले जब भुक्तानी दिने बेला भयो केहीलाई मात्रै भुक्तानी दिएर यो वा त्यो भन्दै पन्छिरहेको छ । प्रुडेन्सियल इन्सुरेन्समा ४ सय ३५ जनाले कोरोना बीमा बापतको भुक्तानी पाउन मागदाबी गरेका छन् । ती मध्ये अहिलेसम्म ६८ जनाले मात्रै कोरोना बीमा बापतको भुक्तानी पाएका छन् । ६८ जनालाई ६० लाख रुपैँया मात्र भुक्तानी दिएर अन्यलाई लामो सयदेखि अन्योलमै राखिरहेको छ । बाँकी ४९ लाख ७१ हजार ४० रुपैँया रकम प्रुडेन्सियलसँगै बाँकी छ । तर भुक्तानी माग दाबी गरिएका मध्ये ३ सय ६७ जनाले अझै भुक्तानी पाउन सकेका छैनन् ।

लुम्बिनी जनरल इन्सुरेन्स

लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी पनि बीमा बापतको रकम सेवाग्राहीसँग असुल गर्ने तर भुक्तानी नदिनेको सूचीमा अगाडिनै छ । लुम्बिनीले ३४ हजार ३ सय ६२ जनाको कोरोना बीमा गराएको थियो । बीमितहरुबाट इन्सुरेन्सले २ करोड ६५ लाख ६ हजार ८ सय रुपैँया प्रिमियम संकलन पनि ग¥यो । तर लुम्बिनी इन्सुरेन्सले पनि १ हजार ३ सय ९२ जनाको कोरोना बीमा बापतको भुक्तानी दाबी गरिएकामा १ सय १७ अर्थात ८ दशमलम ४० प्रतिशत मात्रैको भुक्तानी गरेको छ । लुम्बिनीले हालसम्म १ करोड ५० लाख मात्रै भुक्तानी गरेको छ । उठाएको बाँकी रकम उसले पनि आफ्नै खातामा राखेर बसेको छ । बीमितहरु बीमा बापतको भुक्तानी पाउनको लागि दैनिक जसो इन्सुरेन्सको कार्यालयमा धाइरहेका छन्, तर इन्सुरेन्सले भने भुक्तानी गर्न आनकानी गरिरहेको छ । लुम्बिनी इन्सुरेन्सले कोरोना बीमाको भुक्तानी रोकिनुमा अहिले पुलको काम गरिरहेको शिखर इन्सुरेन्स कारक रहेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।