Logo बैशाख ३, २०७८ शुक्रबार


जाडोसँगै बढेको चिसोमा असाध्यै गुणकारी अमला

काठमाडौं । मौसम चिसो हुँदैछ । मौसम बदलिएसँगै हामीले हाम्रो खानपानमा पनि बदलाव ल्याउन आवश्यक छ ।

जाडो मौसममा तपाईले खानेकुरामा अमला नछुटाउनुहोला । किनभने अमला जाडो मौसमका लागि सुपरफुड नै हो भन्दा फरक पर्दैन । अमलाको नियमित सेवनले मौसम परिवर्तनका कारण हुने स्वास्थ्य समस्याहरुबाट हामीलाई छुटकारा प्राप्त हुने पोषणविहरु बताउछन् । जाडो महिनामा विशेष गरी रुघा,खोकी,ज्वरो जस्ता स्वास्थ्य समस्याहरु सामान्य मानिन्छ । यसका साथै अमलाको सेवनले कपाल झर्ने,त्वचाको सुख्खापन आदिबाट समेत राहत पाउन सकिन्छ । यी स्वास्थ्य समस्याहरुबाट बच्न दिनमा एक दाना अमलाको सेवन पर्याप्त हुन्छ ।

जाडो मौसममा संक्रमण र सुख्खापनले बढी सताउछ । यसको उपचार हो अमला । अमलामा भरपुर मात्रामा भिटामिन सी,आइरन र क्याल्सियम तत्व पाइन्छ । त्यसो त अमलालाई जुस,अचार वा तितौरा बनाएर पनि सेवन गर्न सकिन्छ । तर काँचो अमला सेवन सबैभन्दा फाइदाजनक मानिन्छ ।

१ मौसमी संक्रमणबाट बचाउछ

अमलामा भिटामीन सी र ए, पोलीफेनाल, अल्कलाइड र फ्लेवोनोइडका साथै केम्पफेरोलको शक्तिशाली मिश्रण पाइन्छ । इन्टरनेशनल जर्नल अफ फार्मासेक्टिक्समा प्रकाशित एक अध्ययन अनुसार, अमलामा शक्तिशाली एन्टीबैक्टीरियल र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ । यसले हामीलाई मौसमी संक्रमणबाट बचाउछ ।

आयुर्वेदमा अमलााके जुसको सेवन शरीरमा श्वेत रक्त कोशिका बढ़ाउनका लागि उपयोग गरिन्छ । जुन प्रतिरक्षा प्रणालीको मुख्य आधार मानिन्छ । श्वेतरक्त कोशिकाले रगतमा रहेका विषाक्त पदार्थलाई आक्रमण गरि निर्मल गर्ने काम गर्दछ ।

२ हृदय रोगबाट बचाउछ

जाडोको समय मुटु रोगीहरुका लागि मुस्किलको समय मानिन्छ । अमलााको नियमित सेवनले मुटुका मांसपेशिहरु बलियो बनाउने काम गर्दछ । यसले गर्दा पूरा शरीरमा प्रभावशाली ढंगले रक्त प्रवाह हुन्छ ।

३ मधुमेह नियन्त्रण गर्दछ

जाडोमा शरीरको गतिविधि कम हुन्छ । यसले गर्दा मधुमेह रोगीहरुको शरीरमा चिनीको मात्रा बढ्दछ । अमलामा क्रोमियम तत्व हुन्छ । यसले मधुमेहका रोगीहरुका लागि अत्यन्त फाइदाजनक हुन्छ ।

४ कपाल झर्न रोक्छ

अमला कपालका लागि त कुनै हेयर टनिक भन्दा कम छैन । किनभने कपालका लागि अमला प्राकृतिक पोषण नै हो । त्यसैले कपा झर्ने समस्या छ भने अमलाको सेवन र यसको तेल प्रयोग अवश्य गर्नुपर्छ । अमलाले कपालको जरालाई बलियो बनाउनका साथै बाक्लो समेत बनाइदिन्छ ।

५ छालाको सुख्खापन हटाउछ

अमलामा निहीत एटीअक्सीडेन्टले शरीरमा फ्रीरेडिकल्सलाई कम गर्दछ । फ्रीरेडिकल्सका कारण हाम्रो छाला फुट्नुको साथै सुख्खापन देखिन्छ । यस्तो अवस्थामा अमला प्रभावकारी मानिन्छ । अमलाको नियमित सेवनले छालालाई मुलायम र चम्किलो बनाउने मात्र होइन आँखाको ज्योति समेत बढाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…