कसैले चाहँदैमा नेकपा कमजोर हुँदैन : नेपाल

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपालाई कसैले चाहँदैमा कमजोर पार्न नसक्ने बताउनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर पार्न नसक्ने बताउनुभएको हो ।
विधान, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै पार्टी अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने उहाँको भनाई छ । उहाँले कर्मचारीको सरुवा बढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास आवश्यकता औल्याउनु भएको छ ।
कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतना अपनाउन समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।