महान फूटबल खेलाडी माराडोनाको निधन

सर्वकालिक फूटबल खेलाडी डियगो माराडोनाको निधन भएको छ । ६० वर्षीय माराडोनाको ह्रदयघातका कारण बुधबार मृत्यु भएको हो ।
माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि उनी अत्याधिक मदिरा सेवनको लत छुटाउन उपचाररत् थिए ।
माराडोना सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फूटबलको उपाधि जित्दा कप्तान थिए । इङल्याण्डविरुद्धको क्वाटरफाइनलमा उनले गरेको गोललाई आज पनि ‘ह्याण्ड अफ गड‘ भनिने गरिन्छ ।
माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिकाविरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो ।
उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए । चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका थिए । एजेन्सी