Logo माघ ११, २०७७ आइतबार


चार करोड १९ लाख संक्रमणमुक्त, १४ लाख २५ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड १९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा चार करोड १९ लाख ४० हजार नौं सय ९१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ६ लाख ९६ हजार एक सय २९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख २५ हजार सात सय ८१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७३ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७७ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६८ हजार एक सय ५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९२ लाख ६६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ७७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार दुई सय ६१ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २६ हजार २६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख सात हजार नौं सय ५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

५० वर्षका राई र २० वर्षकी शेर्पाबीचको विवाह अब वर्ग र वर्णरहित आधुनिक नेपाली समाजको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रशंसा…

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…