Logo माघ ९, २०७७ शुक्रबार


टिचिङ अस्पतालका संस्थापक निर्देशक प्रसाइँको निधन

काठमाडौं । त्रिवि शिक्षण (टिचिङ) अस्पतालका संस्थापक निर्देशक प्रा. डा. भीष्मराज प्रसाइँको ८९ वर्षको उमेरमा निधन भएको छ।

मुटुमा समस्या देखिएपछि गत कार्तिक २८ गते अस्पताल भर्ना हुनुभएका उहाँको मेडिसिटी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

प्रसाइँ नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक मानिनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्यसमेत हुनुहुन्थ्यो ।

प्रसाईँका एक दर्जन जति साहित्यिक कृति पनि प्रकाशित छन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।