कोरोना संक्रमणबाट बुटवलमा थप १ को मृत्यु

बुटवल । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेह र निमोनियाको बिरामी महिला गत कात्तिक १४ गते संक्रमण पुष्टि भएसँगै २८ गते अस्पतालमा भर्ना हुनुभएको थियाे ।