Logo माघ १५, २०७७ बिहीबार


त्रिशुली दुर्घटना अपडेट: बेपत्ताकाे पहिचान खुल्याे

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ ।

दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन् । बेपत्ता हुनेमध्ये मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

घाइते भएका मुकुन्द भने पानीमा पौडिएर बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुकुन्दले नै भ्यानमा सवारहरुबारे जानकारी दिएका हुन । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भ्यान बिहीबार बिहान साढे ५ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लु १ च ९७३१ नम्बरको पिकअप भ्यानमा चालकसहित २ पुरुष र २ महिला गरी ४ जना सवार थिए । ४ मध्ये ३ जना बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।

त्रिशुली नदीमा खसेको भ्यान नदीमा पुरै डुबेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।