बिहीबार सुनचाँदीकाे मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो भने बिहीबार पनि स्थिर रहेर प्रतितोला ९१ हजार ५ सयमानै कारोबार भइरहेको छ । त्यसैगरी, बिहीबार तेजावी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।
बिहीबार नेपाली बजारमा चाँदीकाे भाउ पनि स्थिर रही ११ सय ७५ मा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।