Logo माघ १२, २०७७ सोमबार


फुटबलर म्यारोडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक,यसरी गरिदैछ श्रद्धाञ्जलीसभा

काठमाडौं । अर्जेन्टिनाका पूर्व कप्तान तथा महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधवार हृदयघातका कारण मृत्यु भएका फुटबलर म्याराडोनाको निधनप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका छन् ।

म्याराडोनाको अन्तिम संस्कारअघि राष्ट्रपतिको मुख्यालयमा राज्यस्तरबाट नै श्रद्धान्जली सभा गर्ने तयारी भइरहेको छ । हालसम्म जम्मा ७ राष्ट्रपतिले मात्र उक्त सम्मान प्राप्त गरेका छन् ।

पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको ६० वर्षको उमेरमा बुधवार निधन भएको हो । हृदयघातको कारण म्यारोडोनाको निधन भएको बीबीसीले जनाएको छ । दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३–२ गोल अन्तरले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…