फुटबलर म्याराडोनाको ’हैण्ड अफ गड’ भनेको के हो ? ( भिडियोसहित )

काठमाडौं । दुनियाका सर्वकालिक महान फुटबलरको सूचीमा सुचिकृत म्याराडोना अब यस संसारमा छैनन् । बुधवार ६० वर्षको उमेरमा उनको निधन भएको हो । तर विश्वका फुटबलप्रेमीहरुको हृदयमा भने उनी सदैव अमर रहनेछन् ।
आफ्नो जीवनकालमा म्याराडोनाले थुप्रै हर्कतहरु गरे,जसले उनलाई फुटबलप्रेमीहरुबीच सधैं स्मरणीय बनाइ राख्नेछन् । तीमध्ये एक हो ’हैण्ड अफ गड’ अर्थात भगवानको हात ।
के हो त ’हैण्ड अफ गड’ ?
सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा इङ्ल्याण्ड र अर्जेन्टिनाबीच आमनेसामने भएको थियो । उक्त खेलमा म्याराडोनाले गरेको एउटा गोल निकै विवादित बनेको थियो । बल म्याराडोनाको काँधको छेउमा ठोक्किएर गोलपोष्टमा पसेको थियो ।
रेफ्रीले यसलाई देखेनन् र गोलको मान्यता दियो । म्याराडोना स्वयम्ले यसलाई ईश्वरले गरेको गोलको उपमा दिए । त्यसैले यसलाई हैण्ड अफ गड भनिएको हो ।
हेर्नुहोस् उक्त दुर्लभ गोलको भिडियो :