प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवँरलाई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुवँर नियुक्त हुनुभएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी कुँवरलाई प्रवक्ता तोकेको हो ।
यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा हुनुभएको छ ।