Logo बैशाख २, २०७८ बिहीबार


भीमफेदी–सिस्नेरी सडकखण्ड निर्माण द्रुतगतिमा

मकवानपुर । भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम द्रुतगतिमा भइरहेको छ । संघीय सरकारको ३४ करोडको लागतमा सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो ।

२६ करोडको लागतमा नालीसहित पक्की सडक र आठ करोडको लागतमा पक्की पुल निमार्ण गर्न लागिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सडकखण्ड निमार्णको काम भइरहेको बताइएको छ ।

सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुई वटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सडकखण्ड र पुल निर्माण कार्यको बिहीबार प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ ।

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताउनुभयो । उहाँले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

यसैगरी भीमफेदीको गट्टेखोलामा दुई वटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोबार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।