Logo माघ ९, २०७७ शुक्रबार


बालिका बलात्कारको घटनाप्रति राष्ट्रसंघीय कार्यालयको भत्सर्ना

काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटनाको भत्सर्ना गरेको छ । राष्ट्रसंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सबै कानूनी प्रक्रिया अवलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले यस्ता घटनालाई रोकथाम गर्नुपर्ने र हिंसाका घटनालाई सम्बोधन गर्न माग गरेको छ । राष्ट्रसंघलले कुनै घटना हुने बित्तिकै आवश्यक प्रक्रिया थाल्न र दोषीलाई कारबाहीको प्रत्याभूति गर्न समेत आग्रह गरेको छ ।

राष्ट्रसंघले बर्दिवासकी बालिकालाई न्याय प्रदान गर्न र सबै महिला तथा बालिकाहरुलाई संरक्षण गर्न आग्रह गरेको छ । राष्ट्रसंघले प्रदर्शनकारी र प्रहरीलाई उनीहरुको आवाज जिम्मेवारीपूर्वक उठाउन र संयमता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…