Logo बैशाख ३, २०७८ शुक्रबार


पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गर्नुभयो ।

उपभोक्ता समितिमार्फत् पदमार्ग निर्माणको काम शुरु गरिएको वडा नम्बर ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । चार सय मिटर दूरीको पदमार्ग ६ महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक जुटाएका छन् । सहयोग अभियानबाट हालसम्म ६५ लाख सङ्कलन भएको जनाइएको छ ।

जापानमा रहनुभएका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलिरहेको वडाध्यक्ष कँडेलले बताउनुभयो । “जापान, यूरोप, अमेरिकादेखि सबै देशमा रहेका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो, “पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि शुरु हुँदैछ ।”

हालसम्म सङ्कलित रकम पदमार्गमा मात्रै खर्च हुने देखिएकाले बिहुँकोट संरक्षण योजनाका लागि थप सहयोग जुटाउन आर्थिक सङ्कलन समिति क्रियाशील छ । दुवै योजनामा झण्डै रु डेढ करोड बजेट लाग्ने अनुमान छ । पदमार्गका लागि वडा नम्बर ६ ले ६ लाख ३४ हजार बजेट छुट्याएको छ ।

पदमार्ग बनाउँदा स्थानीय स्रोत र सीपको प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताउनुभयो । उहाँका अनुसार पदमार्गमा ढुङ्गा, माटो नै बढी प्रयोग गरिने छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउनुपर्ने स्थानीयवासी भरत सापकोटाले बताउनुभयो । “ठाउँ–ठाउँमा विश्रामस्थल, रेलिङ बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ । पदमार्गबाट मनोरम हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिने छ । पुष्पलाल मध्यपहाडी लोकमार्गबाट रामकोट नजिकै रहेकाले मोटरमा समेत सजिलै पुग्न सकिन्छ । रामकोटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । रामकोटलाई तीर्थस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्री, अक्षयतृतीया र हरेक वर्ष जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको ५ सय किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसमा उत्खनन् गर्दा फेला परेका बसाहा, करुवा, कलस लगायतका ऐतिहासिक वस्तु पनि सङ्ग्रह गरेर राखिएको छ ।

पदमार्ग शिलान्यास समारोहकै बीच आर्थिक सङ्कलन समितिले अनलाइनमार्फत आयोजना गरेको ‘एकल भजन नृत्य प्रतियोगिता’का विजयीलाई पुरस्कृतसमेत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने जैमिनी नगरपालिकाकी सुसन केसीले ५० हजार, द्वितीय हुने जैमिनीकै जेनिसा पुनले ३० हजार र तृतीय हुने काठेखोलाका राजेन्द्र कँडेलले २० हजार रूपैयाँ प्राप्त गर्नुभयो ।

यस्तै, सान्तवना स्थान प्राप्त गर्ने काठेखोलाकै पुष्पा कँडेल र अनुराधा कँडेललाई  १०/१० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा ५० जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…