Logo माघ १५, २०७७ बिहीबार


‘सांस्कृतिक तथा धार्मिक केन्द्रहरु मानव सभ्यता र विकासका प्रतिक’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ । मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

चतुव्युह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘नेपालमा जतिपनि मन्दिरहरु छन् । सांस्कृतिक, धार्मिक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतिकहरु हुन् । हामी लिच्छबी विकालमा कस्तो थियौं । मल्लकालमा कस्तो थियौं भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवर्द्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो ।’’

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो । एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

आज हरिबोधनी एकादशीको अवशरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भिमसेनदास प्रधान, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।