निकुञ्जको पश्चिमी सेक्टर वनमा ५ महिनाको ‘केटो’ मृतावस्थामा फेला

खगेन्द्र पराजुली
नवलपुर । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको बच्चा मृत अवस्थामा फेला परेकाे छ । कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रको स्वर्गद्वारी घाट नजिक ५ महिनाको गैंडाको केटो बिहीवार मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीले बताउनुभयाे ।
वयस्क भाले–पोथी गैंडा क्रिडा गर्ने क्रममा सँगै रहेको केटो लछारपछारमा परेको हुनसक्ने अधिकारीले बताउनुभयो । अहिले मृत केटोलाई पश्चिम सेक्टर अमलटारीको कार्यालयमा ल्याईएको छ ।
थप अनुसन्धान भोली चितवन सौराहाबाट चिकित्सक सहितको टोलीले गरिने सेक्टर प्रमुख अधिकारीकाे भनाइ छ ।