Logo माघ १५, २०७७ बिहीबार


 बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण

काठमाडाैं । अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गर्नु भएको छ ।

हतियारधारी समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताउनुभयो ।

प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।

अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।