Logo माघ १५, २०७७ बिहीबार


उपभोक्ताका घरघरमा खानेपानीको धारा

खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित राम्चेका ५२ घर स्थानीय बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एडको २५ लाख र नगरपालिकाको आठ लाख लगानीमा राम्चेका प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हो ।

करिब डेढ किलोमिटर टाढा पर्ने पात्लेखोला मुहानबाट ल्याइएको खानेपानी आयोजनामा उपभोक्ताको १५ प्रतिशत श्रमदान रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “मुहानबाट एक हजार ६ सय मिटर वर ४६ हजार लिटरको रिर्जभ ट्याङ्की निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “रिजर्भ ट्याङ्कीबाट राम्चेका ५२ घर स्थानीय उपभोक्ताको प्रत्येक घरमा एक/एक वटा खानेपानीको धारा जडान गरेर सञ्चालनमा ल्याइएको छ ।”

बालसेवा समाज नेपाल नेर्पाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी आयोजनामार्फत घरघरमा धारा जडान भएपछि उपभोक्ता हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका राम्चेका स्थानीय उपभोक्ता नगरपालिका र क्रिश्चियन एडको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनामार्फत आआफ्नो घरमा खानेपानीको धारा वितरण भएपछि हर्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।