Logo माघ १५, २०७७ बिहीबार


कोरोनाको खोप नेपाललाई सहयोग गर्ने भारतको प्रतिवद्धता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नु भएको छ ।

उच्चस्तरीय भेटवार्ताको क्रममा सचिव श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ व्यक्तिहरुसँग भेट गर्नुभएको छ । श्रींगलाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौडेलसहित परराष्ट्रका प्रतिनिधिसँग पनि छुट्टाछुट्दै भेटवार्ता गर्नु भएको छ ।

बिहीबार अपरान्ह उहाँले सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गर्नु भएको भेटमा श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

उहाँ शुक्रबारनै स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।