‘नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले कूटनीतिक वार्ताकै माध्यमबाट सीमा लगायतका सम्पूर्ण समस्याको समाधान गरेर जान सक्ने बताउनु भएको छ ।
नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलालाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले वार्ताकै माध्यमबाट विभिन्न विषयहरुमा देखिएको समस्या समाधान गर्न सकिने विश्वास दुई मुलुक बीचमा रहेको प्रस्ट पार्नु भएको हो । प्रधानमन्त्री ओलीले दुई देशका बीचमा रहेका सम्पूर्ण समस्या समाधान गर्न सकिने बताउनुभयो ।
विदेश सचिव श्रृंगला शुक्रबार उहाँ गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ । उहाँ शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।