Logo माघ १५, २०७७ बिहीबार


एजेन्डाविहीन भारतीय विदेश सचिवको शिष्टाचार भ्रमणभित्र अन्तर्निहीत कुरा

काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा काठमाडौं आउनुभएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्खला विहीवार काठमाडौं आइपुगे लगत्तै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

उहाँले पूर्व निर्धारित कार्यतालिका अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरवहादुर देउवासँग विहीवार नै भेटवार्ता गर्नुभएको छ । तर ती सबै भेटवार्ता शिष्टाचार भेटमा मात्र सीमित रहेको बताइएको छ । भेटवार्तामा कुनै एजेण्डा केन्द्रीत छलफल नभएको स्रोतको भनाइ छ ।

श्रृङ्गला गत जनवरीमा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको थियो । भारतमा नयाँ विदेश सचिव नियुक्त हुनासाथ छिमेकी देश भ्रमण गर्ने प्रचलन छ । सोही अनुरुप श्रृङ्गलाले अन्य देशको भ्रमण गरे पनि नेपालको भ्रमण भने गर्नुभएको थिएन । अर्थात यो नै उहाँको पहिलो नेपाल भ्रमण हो । त्यसकारण पनि यो उहाँको शिष्टाचार भ्रमण मात्र हो । बाहिर आए जस्तो कुनै ऐजेन्डासहितको भ्रमण होइन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि श्रृङ्गलाको नेपाल भ्रमण शिष्टाचार भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार यो कुनै एउटा एजेन्डा लिएर छलफलका लागि भएको भ्रमण होइन्। भ्रमणका क्रममा दुई देशबीचको साझेदारीका विविध आयामहरुका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

नेपालको परराष्ट्र मन्त्रालय दुई देशबीचको साझेदारीका विविध पक्षहरुमा छलफल भएको जानकारी गराएको छ । त्यस्तै भारतीय दूतावासले पनि छलफल उपलब्धिमूलक रहेको र द्विपक्षीय सहयोगको समीक्षा भएको जनाएको छ । आपसी हितका मुद्दाहरूमा छलफल भएको दूतावासले जनाएको छ ।

द्विपक्षीय छलफलपछि भारतीय विदेश सचिव श्रृङ्गलाले पनि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । वार्ताका एजेण्डाहरु एकदमै बृहत् रहेको र वार्ता उपलब्धीमुलक रहेको उहाँको भनाइ छ । तर वहुप्रतिक्षीत सीमा विवादको विषयमा भने उहाँले केही उल्लेख गर्नुभएको छैन । त्यसैले पनि श्रृङ्गलाको नेपाल भ्रमण शिष्टाचारमा मात्र सीमित हुने देखिएको छ ।

विहीवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । तर सीमा विवादको विषयमा छलफल भयो वा भएन भन्ने कुनै जानकारी गराइएको छैन । विहीवार नै भएको राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितको टोलीसँगको भेट पनि सामान्य शिष्टाचारमै केन्द्रीत रहेको थियो ।

किन आए त श्रृङ्गला ?

बाहिर देखिदा औपचारिक शिष्टाचारमै केन्द्रीत रहे पनि भारतीय विदेश सचिव श्रृङ्गलाको नेपाल भ्रमणको भित्री उदेश्य भने उत्तरतिर नजर लगाउनु हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाल र भारतबीच सीमा विवाद चुलिरहँदा यस पछाडि चीनको हात रहेको भारत सरकारको बुझाइ छ । यसबारेमा भारतीय सेना प्रमुखदेखि जिम्मेवार व्यक्तिहरुले सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् । पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको र नेपाल चीन नजिक पुगेको भारतीय विश्लेषण छ । यसकारण पनि भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमणको एजेन्डा दुई देशबीचको सीमा विवादको केन्द्र, लिपुलेक, कालापानी र लिम्पियाधुराभन्दा नेपालसँग चीनको बढ्दो सामीप्यताबारे नजर लगाउनु रहेकोमा कुनै द्धिविधा छैन ।
श्रृङ्गलाको नेपाल भ्रमणको कार्यतालिकाले पनि यसैलाई पुष्टि गर्दछ । अर्थात नेपाललाई ’इंगेज’ गराएर भारतीय विदेश सचिव श्रृङ्गला उत्तरतिर नेपाल चीन सीमातिर नजर डुलाउन चाहन्छन् ।

त्यही रणनीति अनुरुप नै शुक्रबार श्रृङ्गला नेपाल र भारतको सीमा क्षेत्रका जिल्लाहरु गोरखा र मनाङ जानुहुने कार्यक्रम तय गरिएको अनुमान लगाउन सकिन्छ ।

श्रृङ्गलाको नेपाल भ्रमणको भित्री स्वार्थ जे भए पनि उहाँको भ्रमणले दुई देशबीच झण्डै एक वर्षसम्म कायम रहेको संवादहीनताको अन्त्य भएको छ । हुन त यसअघि नै नरेन्द्र मोदी सरकारले गुप्तचर संस्था रअका प्रमुखलाई नेपाल पठाएर दुईदेशबीच रहेको संवादहीनताको अवस्थालाई अन्त्य गरेका थिए । विदेश सचिवको भ्रमणले त्यसलाई थप औपचारिक बनाइदिएको छ ।

२०१९ नोभेम्बर २ मा भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भू–भागमा पारेदेखि नेपाल र भारतबीच दुरी बढेको थियो । त्यस लगत्तै नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन माग गर्दै नेपालले भारतलाई पटक–पटक सीमा विवादका लागि वार्ताको टेबलमा बस्न निम्तो दिएको थियो । तर, भारतले आलटाल गर्दै आएको थियो ।

त्यसको केही समयपछि भारतले नेपालको भूमी अतिक्रमण गरेर एकपक्षीय रुपमा मानसरोवर जोड्ने सडक निर्माण गरि उद्घाटन समेत गरेपछि नेपाल भारतबीच सीमा विवाद थप पेचिलो बन्यो ।

त्यहीबीच नेपाल सरकारले भने लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत बल्ल दबाबमा पर्यो । त्यसपछि नेपालसँग वार्ता गर्न तयार भएको भारतले विदेश सचिवलाई नेपाल पठाएर औपचारिकता पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।