Logo बैशाख २, २०७८ बिहीबार


नवलपरासीको जंगलमा मृत गैंडा भेटियो

चितवन । चितवनमा एक गैंडा मृत अवस्थामा फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी– गैंडा) आज मृत्यु फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैंडाले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ । उक्त केटीको ब्रह्मखाग (भर्खर पलाउन लागेको खाग) तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैंडा मरेका छन् । तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा प्राकृतिक र चोरी शिकारीबाट गैंडा मर्नेक्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।