Logo बैशाख २, २०७८ बिहीबार


दिल्लीलाई नेपाली सन्देश: तथ्यका आधारमा सीमा समस्या टुंग्याऊँ

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबर्धन शृंगलामार्फत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका पुराना ऐतिहासिक सन्धि तथा प्रमाणलाई आधार मान्नुपर्ने स्पष्ट सन्देश दिनुभएको हो ।

भारतीय विदेश सचिव हर्षबर्धन शृंगलासँगको भेटमा प्रधानमन्त्री ओली सीमा विवाद अहिले उब्जिएको विवाद नभएर इतिहासले विरासतको रुपमा ल्याइ पुर्याएको भन्दै समाधान पनि त्यसैका आधारमा गर्नुपर्नेमा जोड दिनुभएको छ । विदेश सचिव शृंगला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिको महत्वपूर्ण साझेदार नेपाल भएको र साझा सभ्यतामा उभिएका दुई देश बीचका समस्या चरणबद्ध छलफलमार्फत समाधान गर्न भारत तयार रहेको सन्देश ल्याएर नेपाल भ्रमणमा आएका हुन । शृंगलाले मोदीको यो सन्देश राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत सुनाएका छन् ।

नेपाली पक्षसँगको संवादका क्रममा शृंगलाले प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध मजबुत बनाउन चाहिरहेको र मित्रताको हात बढाउन खोजेको बताएका थिए । बिहीबार विशेष विमानबाट काठमाडौं आएका शृंगलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग पनि शिष्टाचार वार्ता गरेका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार विदेश सचिवमार्फत भारतलाई ऐतिहासिक सन्धि, प्रमाण र तथ्यका आधारमा सीमा समस्या समाधानको प्रस्ताव राखिएको र त्यसो हुँदा दुई देशबीच विश्वासको वातावरण बन्ने सन्देश पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।