बिहानै गुल्मीमा जीप दुर्घटना, ५ को मृत्यु

फाइल तस्बिर
गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार गाउँपालिकाको वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जीप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।