३ लाख रकमसहित ७ जुवाडे पक्राउ

मोरङ । जिल्लाबाट तीन लाख रकमसहित जुवाडे पक्राउ परेका छन् । उर्लावारी नगरपालिको एक घरमा जुवा खेलिरहेका बेला सात जनालाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उर्लावारी नगरपालिका ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका ५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेको प्रदेश प्रहरी कार्यलय विराटगरले जनाएको छ ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले ३ लाख २५ हजार १५ सय ५ नगद सहित सात जनालाई पक्राउ गरेको हो भने सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।