Logo बैशाख १, २०७८ बुधबार


प्रहरी तालिम केन्द्रका समादेशक भण्डारीको बिदाई कार्यक्रम सम्पन्न

सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।  बिदाई कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले प्रदेश प्रहरी तालिम केन्द्रमा समादेशक भण्डारीको आगमन पश्चात आमूल सुधारको महसुस भएको बताउनुभयो ।

भण्डारीको कार्यकालमा भर्ना छनौट प्रकृया पूर्णरूपमा स्वच्छ, निश्पक्ष एवं पारदर्शी भएको मेयर राउतले विगतमा प्रहरी जवान भर्ना छनौटमा व्यापक चलखेल एवं अनियमितता हुने गरेको थियो । मेयर राउतको भनाइ छ । भण्डारीको कार्यकालमा भर्ना सम्बन्धी कुनै गुनासो नआएको र तालिम केन्द्रले आगामी दिनमा यही परिपाटीलाई निरन्तरता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मेयर राउतले भण्डारीको कार्यकालमा जनता केन्द्रित कार्यक्रमको सञ्चालन, फोहोर मैला व्यवस्थापन, वातावरण संरक्षणको लागि उल्लेख्य रुपमा वृक्षारोपण, कोभिड -१९ संक्रमणसम्बन्धी सचेतनामूलक कार्यक्रम एवं तालिम केन्द्र भित्रको भौतिक संरचनामा आमूल परिवर्तन गरेको स्मरण गर्नुहुँदै समादेशक भण्डारीको प्रंशासा समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी कर्मचारीको तर्फबाट सहसमादेशक प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भण्डारीसँगको बसाइ उपलब्धिमूलक भएको धारणा राख्नुभयो । सहसमादेशक रञ्जितकारले दक्ष जनशक्ति उत्पादनको लागि उत्कृष्ट व्यवस्थापन, कर्मचारीको आन्तरिक शुद्धिकरण तथा सुदृढिकरण, मर्का र गुनासाको सुनुवाई तथा उचित व्यवस्थापन, निर्णय प्रक्रियामा सामुहिक सहभागिता, महिला प्रहरी कर्मचारीलाई महिला मैत्री वातावरण, खानेपानी ट्यांकी निर्माण, कालो पत्रे सडक निर्माण, मूलगेटको स्तरोन्नती, नयाँ हाई प्वाइन्ट तथा पोष्टहरुको निर्माण र फ्री वाइफाइको व्यवस्था लगायतका थुप्रै कार्य एउटै समादेशको कार्यकालमा हुनु प्रहरी संगठन र तालिम केन्द्रको लागि ठूलो उपलब्धी भएको पनि बताउनु भयो ।

नागरिक अगुवा, स्थानीय समाजसेवी, राजनीतक दलका प्रतिनिधि उपस्थित बिदार्इ कार्यक्रममा समादेशक भण्डारीले आफ्नो कार्यकालमा तालिम केन्द्रको विकास तथा व्यवस्थापनकोे सवालमा विषम परिस्थितिमा समेत विचलित नभई अनवरत योगदान गर्ने प्रहरी कर्मचारीसँगको सहकार्य अविस्मरणीय रहेको बताउनु भयो । आफ्नो कार्यकालमा स्थानीय नागरिक समाज, राजनीतक दल तथा संघ संस्थाले गरेको सहयोगप्रति भण्डारी आभार समेत व्यक्त गर्नुभयो ।

एसएसपी भण्डारी महानरीय प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौंमा सरुवा हुनुभएको छ । यससँगै नयाँ समादेशकको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला प्रदेश प्रहरी तालिम केन्द्र दुधौली आउनु हुने भएको छ । माओवादी सशस्त्र द्वन्द्व अवधिमा लडाकुको दोश्रो डिभिजनको रूपमा स्थापना भएको दुधौली तालिम केन्द्र नेपाल प्रहरीको नमूना तालिम केन्द्रका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…