जंगलबाट १८ थान भरुवा बन्दुक बरामद

बागलुङ । ताराखोला गाउँपालिकाबाट बिहीबार १८ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । ताराखोला–५ सिपस्थित जंगलबाट ८ थान र ताराखोला–२ हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुर प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो । नुवाकोट, मेघाङ गाउँपालिका–१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले हतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।