Logo बैशाख २, २०७८ बिहीबार


कोरोना बीमाका कारण टाट पल्टिदै बीमा कम्पनीहरु

काठमाडौं । व्यापारी जस्ता बनेका बीमा कम्पनीहरुले महामारीका बेला राम्रै नाफा असुल्ने गरी करिब १ अर्बको बीमा गराएका थिए । दुनियाँको कुनै देशमा नभएको कोरोना बीमा गर्दै हिडेका बीमा कम्पनीले यो बीमाबापत राम्रै नाफा हुने अपेक्षा गरेका थिए । नेपालमा खासै संक्रमण नफैलिने र भुक्तानी दाबी पनि खासै नपर्ने उनीहरुको आकल थियो । तर, त्यसबीपरित नेपालमा कोरोना यसरी फैलियो की बीमा कम्पनीहरु भागाभाग गर्नु पर्ने अवस्था बनेको छ । र, करिब उनीहरु टाट पल्टिने अवस्था आएको छ । इन्सुरेन्स वापत करिब १ अर्ब उठाएका बीमा कम्पनीहरुमा २ अर्ब ५४ करोड ६२ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ । भुक्तानी दाबी गर्नेको संख्या दिनहुँ बढ्दै गएको छ ।

जस्तो, २ करोड रुपैयाँको इन्सुरेन्स गराएको एउटा कम्पनीमा १३ करोडसम्मको भुक्तानी दाबी परेको छ । इन्सुरेन्स वापत ६ करोड उठाएको एउटा बीमा कम्पनीले २० करोड भुक्तानी गर्नुपर्ने भएको छ। यसरी बीमा कम्पनीले तिर्नु पर्ने रकम उठाएको रकम भन्दा ३ गुणा बढीसम्म छ। र, यो रकम सबै उनीहरुले बेहोर्नु नपरे पनि घाटा भने सहनु पर्ने देखिएको छ ।

कुन बीमा कम्पनीले कति उठाए ? कति तिर्नुपर्ने भयो ?
…………
अजोड इन्सुरेन्स
उठाएको रकम– ४ करोड ८७ लाख १६ हजार १ सय
दाबी रकम– ४ करोड ८२ लाख ५० हजार
……….
एभरेस्ट इन्सुरेन्स
उठाएको रकम– २ करोड ४३ लाख २२ हजार १ सय ८०
दाबी रकम– १३ करोड ६२ लाख २५ हजार
………
जनरल इन्सुरेन्स
उठाएको रकम– २ करोड ४५ लाख ५७ हजार २ सय
दाबी रकम– एक करोड ८१ लाख २५ हजार
………..
हिमालय इन्सुरेन्स
उठाएको रकम– ३ करोड ९३ लाख ५६ हजार ४ सय ९
दाबी रकम– ११ करोड १६ लाख
………….
आइएमई जनरल इन्सुरेन्स
उठाएको रकम– ३ करोड ६८ लाख ८ सय ४०
दाबी रकम– १७ करोड ६६ लाख ५० हजार
………….
लुम्बिनी इन्सुरेन्स
उठाएको रकम– २ करोड ६५ लाख ६ हजार ८ सय
दाबी रकम– १७ करोड १३ लाख
…………….
नेशनल इन्सुरेन्स
उठाएको रकम– ९४ लाख १ हजार २ सय
दाबी रकम– २ करो ९३ लख ५० हजार
…………..
नेको इन्सुरेन्स
उठाएको रकम– ४ करोड २४ लाख ९० हजार ४ सय ३८
दाबी रकम– ९ करोड ६९ लाख ५० हजार
…………
नेपाल इन्सुरेन्स
उठाएको रकम– १ करोड ९९ लाख ४२ हजार २०
दाबी रकम– ८ करोड २१ लाख ५० हजार
…………..
एनएलजी इन्सुरेन्स
उठाएको रकम– २ करोड ९५ लाख ५८ हजार
दाबी रकम– ६ करोड ६० लाख ५० हजार
…………..
ओरिएण्टल इन्सुरेन्स
उठाएको रकम– १ करोड ९ लाख १७ हजार १०
दाबी रकम– एक करोड ६७ लाख ५० हजार
………….
प्रभु इन्सुरेन्स
उठाएको रकम– १ करोड ९१ लाख १५ हजार ८ सय
दाबी रकम– ४ करोड ५७ लाख
…………..
प्रिमियर इन्सुरेन्स
उठाएको रकम– ३ करोड ३३ लाख १० हजार ५ सय
दाबी रकम– १४ करोड ९६ लाख २५ हजार
……….
प्रुडेन्शियल इन्सुरेन्स
उठाएको रकम– १ करोड ९ लाख ७१ हजार ४०
दाबी रकम– ४ करोड ३८ लाख ५० हजार
…………..
राष्ट्रिय बीमा कम्पनी
उठाएको रकम– ३२ करोड ४७ लाख ९६ हजार ९ सय ९६
दाबी रकम– १९ करोड २३ लाख
……………
सगरमाथा इन्सुरेन्स
उठाएको रकम– ७ करोड ८२ लाख ९७ हजार २ सय ३५
दाबी रकम– २० करोड ९८ लाख २५ हजार
………………
सानिमा जनरल इन्सुरेन्स
उठाएको रकम– १ करोड १ लाख ३२ हजार ४ सय
दाबी रकम– ६ करोड २८ लाख ७५ हजार
……………
शिखर इन्सुरेन्स
उठाएको रकम– ११ करोड ५४ लाख ७२ हजार ६ सय
दाबी रकम– ३३ करोड ७३ लाख
………..
सिद्धार्थ इन्सुरेन्स
उठाएको रकम– ६ करोड ३ लाख ६२ हजार
दाबी रकम– १२ करोड २८ लाख ५० हजार
……………
युनाइटेड इन्सुरेन्स
उठाएको रकम– १ करोड ८४ लाख ५३ हजार १ सय
दाबी रकम– ५ करोड ७ लाख ५० हजार
………………….
यसरी, हरेक बीमा कम्पनीले जति रकम नागरिकसँग कोरोना बीमावापत उठाएका छन् त्यो भन्दा २ देखि ३ गुणा बढी रकम तिर्नु पर्ने भएको छ । यो दायित्व अझै बढ्ने निश्चित छ । जसले गर्दा नाफा खान कोरोना बीमा गराउँदै हिँडेका बीमा कम्पनीहरु डुब्ने अवस्थामा पुगेका हुन् ।

यद्यपी सबै घाटा बीमा कम्पनीले मात्रै भने बेहोर्नु पर्ने छैन । जस्तो, १ अर्ब भन्दा बढी तिर्नु पर्ने भए थप १ अर्ब पुनर्बीमा कम्पनीले बेहोर्ने छ । २ अर्बमाथिको दायित्व आए महाबिपत्ति कोषले ५० करोड दिनेछ । २ अर्ब ५० करोडभन्दा बढी तिर्नु भए बीमा समितिले १ अर्ब बेहोर्ने व्यवस्था छ । र ३ करोड ५० लाख भन्दा बढीको दाहित्व बहन गर्नुपर्ने भए सरकारले दिने प्रबन्ध गरिएको छ ।

यति हुँदाहुँदै पनि बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् । पहिलो कारण उनीहरुले उठाएको २० प्रतिशत रकम अर्थात करिब २० करोड रुपैयाँ पुनर्बीमा कम्पनीमा गएको छ । दोस्रो कारण महाबिपत्ति कोष भने पनि त्यहाको ५० करोड रुपैयाँ बीमा कम्पनीहरु कै हो । तेस्रो बीमितलाई रकम दिलाउन जनशक्ति र समय उनीहरुले लामो समयसम्म प्रयोग गर्नुपर्ने छ । यी तीन कारणले बीमा कम्पनी टाट पल्टिने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।