Logo बैशाख ५, २०७८ आइतबार


कविता : प्रेमको कन्फेसन्स

मणि लोहनी

तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।

जानेर नजानेर
कतिको चित्त दुखाएा हुलाँ
तिमीसम्म पुग्नका लागि देखेर नदेखेर
कतिका सपनाहरु कुल्चेर हिडे हुलाँ
तिमीलाई पाउनका लागि
कतिलाई गुमाएँ हुलाँ
आज
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।

जसरी सच्याउँछ कुनै लेखकले
पछिल्ला संस्करणहरुमा आफ्ना कमजोरीहरु
जसरी सच्याउछे एउटी आमाले
आफ्ना नानीका ससाना गल्तीहरु
हो, सच्याउन मन लागेको छ मलाई
धमिलिदै गएको जिन्दगीको एउटा पुरानो पृष्ठ ।

धेरै गरें आफ्ना हत्केलाबाट ढंग नपुगेका चुम्वनहरुको साटासाट
धुवाँ, कफीको चुस्की र बर्जित स्वैर कल्पनाहरुसँग
अप्ठयारो सपना बोकेर दौडिरहेथां बर्षौदेखि
आज तिमीलाई भेटेपछि म शिरदेखि पाउसम्म संकोचले भिजेको छु
र थरथराइरहेका छन् विगतमा आफैले गरेका भूलहरु आफ्ना अघिल्तिर ।

अव तिमीसँग बाँच्नु छ मलाई
हुनुछ तिम्रो उपस्थितिसँग
रहनु छ तिमीभित्रै जसरी समेटिएकी छ्यौ तिमी ममा
तिम्रो सोचाईको एउटा स्पर्शलाई समाउन
मैले आफ्ना सपनाहरु ओच्छाएको छु तिम्रा प्रत्येक पाइलाहरुमा
तिमीले आफ्ना सपनाहरु बाँचिरहेको यो समय
आफुले प्रयोग गरिसकेको दिनहरुको पातलो गन्धले मलाई बिथोल्न खोज्छ
तर डराउँदिन म
मैले भेटेको छु, हराएको मेरो प्रेमको लय ।

तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।