Logo माघ ९, २०७७ शुक्रबार


कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन

कास्की । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभूप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवन कुमार श्रेष्ठले संयुक्त रुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गर्नुभएको हाे।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका-९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर शुरु गरेको बैंकले जानकारी दिएकाे छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाकाे पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखासहित २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २ सय ३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकमाँझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।