जम्मु कास्मिरमा आतंककारी हमलामा फेरि एक नेपाली युवक मारिइए

काठमाडौं । भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु कास्मिरमा अर्का एक नेपाली युवकको मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमलामा परी मृत्यु भएको हो।
जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको थियो । हमलामा घाइते भएका केसीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो ।
प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन्। उनको शव शनिवार नै नेपाल आइपुग्ने बताइएको छ ।