Logo माघ ९, २०७७ शुक्रबार


फिफाको वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

तर, नेपालले पहिलो खेल २–० ले गुमाएको थियो । दोस्रो खेल गोलरहित बराबरी खेले पनि २ खेलको सिरिज नेपालले १–० ले गुमाएको थियो । नेपाललाई हराएको बंगलादेशको भने तीन स्थान सुधार भएको छ । योसँगै बंगलादेश १८४औं स्थानमा उक्लेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४ औं स्थानमा छ ।

चार स्थान सुधार गरेको भारत १०४ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५ औं स्थानमा यथावत छ । भुटान १८९ औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन भने मेक्सिको र इटली शीर्ष दशमा प्रवेश गरेका छन् ।

यस्तै क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमशस् नवौं र दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।