Logo बैशाख २, २०७८ बिहीबार


सार्क क्षत्रकै नमुना मोटरेवल पुलकाे विस्तृत सर्वेक्षण शुरू

राजन पौडेल
पर्वत । कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ । सार्क मुलुकहरुमध्येकै अग्लो दुई सय ६ मिटर उचाईकाे नमुना मोटरेवल पुलको लम्बाई ५ सय १० मिटरको हुनेछ ।

पर्वत र बाग्लुङ जिल्लामा जोड्ने अग्ला पुल, यान्त्रिक पुल, बन्जीले सर्वत्र चर्चामा पाईरहेका बेला फेरी नमुना मोटरेवल पुल निर्माण गर्न लागिएको हो । कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि पुल बनाउन लागिएको हो ।

पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रकृया शुरु भएपनि अहिले अर्थ मन्त्रालयले बजेट स्वीकृति दिएपछि विस्तृत सर्वेक्षणको काम अगाडि बढेको हो ।

चालु आर्थिक वर्षको बजेटमा समावेश भएको पुल निर्माणको योजनाका लागि अर्थ मन्त्रालयले समेत स्वीकृति दिएपछि सडक विभागको पुल महाशाखाले विस्तृत सर्वेक्षण शुरु गर्न लागेको हो । पुल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको थियो ।

महाशाखाका शाखा अधिकृत शशी पौडेलद्धारा जारी पत्रमा कुश्मा (नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेनका आधारमा मन्त्रालयले गरेको सर्वेक्षण अनुसार आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष एवम् अभियान्ता मेघनाथ शर्माले बताउनुभयो ।

उपभोक्ता समितिले २०७० सालदेखि हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो ।

अन्तिम पटक गण्डकी प्रदेशको भौतीक पूर्वाधार विकास कार्यालयले समेत संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो । चालु आर्थिक वर्षभित्र विस्तृत सर्वेक्षणको सबै काम सम्पन्न गरेर टेण्ड आव्हान हुुने र अर्को आर्थिक वर्षको शुरुदेखिनै निर्माण कार्य शुरु हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी घट्ने भात्र नभएर राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग समेत यहि पुलले जोडिने भएका छन् भने सडक अभावले अलपत्र बनेको बलेवा विमानस्थलसमेत संचालनमा आउने छ।

प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि रु.१ अर्ब २९ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको भएपनि लागत बढ्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…