Logo बैशाख ३, २०७८ शुक्रबार


‘राजनीतिक आक्षेपको राजनीतिक र व्यक्तिगत आरोपको व्यक्तिगत जवाफ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावको प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोतर्फबाट आज जवाफ दिनुहुने भएको छ ।

दाहालसहितका नेताहरुको १९ पृष्ठ लामो संयुक्त राजनीतिक प्रस्तावले पार्टी विभाजनको आधार खडा गरेको निष्कर्ष निकालेका प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोपहरुको खण्डन गर्ने र लिखित रूपमै जवाफ दिने प्रधानमन्त्रीको सचिवालयमा रहेका र उहाँ निकट नेताहरुले सार्वजनिक रुपमै बताइसकेका छन् ।

प्रधानमन्त्री पक्षीय नेताहरु ओलीले शनिबारको बैठकमा पेस गर्ने दस्ताबेज मूलतः अर्का अध्यक्ष दाहालले उठाएका सवालको जवाफ हुने बताइरहेका छन् । दाहालले राजनीतिक रूपमा लगाएका आक्षेपको जवाफ राजनीतिक रूपमै र व्यक्तिगत रूपमा लगाएका आक्षेपको जवाफ व्यक्तिगत रूपमै दिने तयारी प्रधानमन्त्रीले गर्नुभएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीले राख्ने विषयवस्तुबारे उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा लगायतका नेताहरुले शुक्रबार विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक गर्नुभएका अभिव्यक्तिबाट पनि मोटामोटी अनुमान गर्न सकिन्छ । उहाँहरुका अनुसार प्रधानमन्त्रीले बैठकमा नेताहरुले आरोप लगाए जस्तो आफू संघीयता र समाजवाद विरोधी नभएर बरु संघीयता र समाजवादलाई बलियो बनाउन सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुहुनेछ ।

दाहालले प्रस्तुत गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीले नवउदारवादी पुँजीवाद पछ्याइरहेको आरोपबारे सरकारले सामाजिक सुरक्षा कार्यक्रम, जनता आवास कार्यक्रम र जनताको घरबाट खरको छानो हटाउने अभियान जस्ता केही काम उल्लेख गर्दै व्यवहारमा आफू भन्दा अर्का अध्यक्षले नवउदारवादी पुँजीवादलाई पछ्याएको बताउने नेताहरुले संकेत गरेका छन् ।

बहुमत सचिवालय सदस्यका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा ओलीलाई कहिल्यै पनि समाजवाद, उन्मुख जनताको जनवाद र समाजवादी आर्थिक, राजनीतिक, सांस्कृतिक नीतिबारे नबोल्ने गरेको भन्दै ‘व्यवहारतः दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहन गर्ने नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहेको आरोप लगाइएको छ । प्रस्तावमा गुटको मात्रै पक्षपोषण गरेको भन्दै लगाइएको आरोपमा ओलीले दाहालको नेतृत्वमा विभिन्न ठाउँमा भइरहेका गुटका भेला पार्टीको कुन विधि र पद्धतिका आधारमा हुन्छन् भन्ने प्रश्न पनि गर्न सक्ने नेताहरुले बताइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको सचिवालय बैठकमा प्रस्तुत हुने ओलीको दस्ताबेजमा नेकपा एकताका आधार, तत्कालीन एमाले र माओवादीको उदयको पृष्ठभूमि, कम्युनिष्ट आन्दोलनको उपलब्धि र अबको नीति, अहिलेको नेकपा र महाधिवेशनको कार्ययोजना लगायतका विषय समेटिने अपेक्षा गरिएको छ । गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीमाथि विभिन्न आरोप लगाउँदै पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…