Logo माघ ४, २०७७ आइतबार


भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान

एजेन्सी । भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार विहान शुरु भएको मतदान दिउसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो । केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।

जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सबै चरणका निर्वाचन आगामी डिसेम्बर १९ सम्ममा सम्पन्न हुने तालिका रहेको छ ।

त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ ।

निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसले पनि आ–आफ्ना उम्मेद्वारहरु प्रतिस्पर्धामा उतारेका छन् ।

मतदानका क्रममा कोरोना भाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कता अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीलाई परिचालन गरेर निर्वाचनमा संलग्न सबैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिनुभयो ।

निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सबै व्यवस्थापन पर्याप्त रुपमा गरिएको शर्माले बताउनुभयो ।उहाँका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पुरा गरिएको छ ।

जम्मु र कश्मिरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारी सम्बन्धी सबै पक्षमा समिक्षा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।