Logo माघ ३, २०७७ शनिबार


उद्योग वाणिज्य महासंघकाे निर्वाचन जारी

काठमाडाैं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव भइरहेको छ । महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएटतर्फ ९ सय ३ जना, द्विराष्ट्रियतर्फ ६ जना, जिल्ला नगरतर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनल सहित चुनावी मैदानमा उत्रिनुभएको छ । निर्वाचन केन्द्रमा भेटिनु भएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले आफ्नो जित सुनिस्चित भएको बताउनुभएकोछ । यस्तै निर्वाचन सम्पन्न भएपछि कुनैपनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने पनि उहाँहरुको भनाइ छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बाँकी पदमा चुनाव भइरहेको छ । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो ।

साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ…