Logo माघ ११, २०७७ आइतबार


शङ्खमूलमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु

काठमाडौं । शङ्खमूल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साँझ ६ः४५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

अर्को मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।