Logo बैशाख ३, २०७८ शुक्रबार


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।  शनिबार भएको निर्वाचनमा किशोर प्रधानलाई पराजित गर्दै उहाँ वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हाे ।

ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गर्नुभयो  । उहाँका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गर्नुभयो । महासंघको विधानअनुसार ढकाल अब स्वतः अध्यक्ष बन्नुहुनेछ ।

वरिष्ठ उपाध्यक्षको मतगणनामा ३० प्रतिशत भार बोकेको एशोसिएट तर्फ चन्द्र ढकालले प्रतिष्पर्धी किशोर प्रधानलाई १४८ मतान्तरले पछाडि पार्नुभयो । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाउनुभयो भने प्रधानले ४१.६० प्रतिशत मत  पाउनुभयो। ०.२२२ प्रतिशत मत भने बद्धर भएको थियो ।

त्यस्तै २० प्रतिशत भार रहेको वस्तुगत तर्फ पनि चन्द्र ढकालले नै बाजी मार्नुभयो । वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका थिए । यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गर्नुभएको हाे। ।

त्यस्तै ५० प्रतिशत मतभार बाेकेकाे जिल्ला नगर तर्फ किशोर प्रधानले १ मतले चन्द्र ढकाललाई हराए पनि अन्तिम नतिजा भने चन्द्र ढकालकै पक्षमा रहेको थियो । मतगणनासँगै चन्द्र ढकाल महासंघका वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…