Logo माघ ११, २०७७ आइतबार


चार करोड ३१ लाख संक्रमणमुक्त, १४ लाख ५७ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड ३१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा चार करोड ३१ लाख ७३ हजार एक सय ५० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड २५ लाख ५० हजार ६ सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख ५७ हजार चार सय २९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७९ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ३६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७२ हजार दुई सय ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९३ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार सात सय पाँच पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३० हजार सात सय २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ११ हजार एक सय ८६ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार चार सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…