Logo माघ ४, २०७७ आइतबार


अफगानिस्तानमा आत्मघाती आक्रमण, २६ सुरक्षाकर्मीको मृत्यु

काठमाडाैं । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी  भिषण आक्रमण भएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गर्नुभयो ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो । तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन ।

आक्रमणको कुनै समूहले जिम्मेवारी नलिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।