प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ रक्षामन्त्री वेइ फेङ्गवेबीच भेटवार्त भएको छ ।
एक दिवसीय नेपाल भ्रमणमा आउनुभएका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि फेङ्गवेले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगीअड्डामा भेटवार्ता गर्नुभएको थियो ।
फेङ्गवे आजै स्वदेश फर्किने कार्यक्रम छ ।