Logo माघ ९, २०७७ शुक्रबार


राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन ईनिशिएटिवलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नका लागि आर्थिक सहयोग गरेको छ। सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ।

यस सम्बन्धमा आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा अतुल उपाध्याय बिच समझदारीपत्रमा एक कार्यक्रममा बीच हस्ताक्षर भएको छ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताउनुभयाे।

बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा‍ अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समूहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । बागमती प्रदेशसभाको सातौँ अधिवेशन  बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार…

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।