ट्रककाे ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

कञ्चनपुर । जिल्लामा ट्रकको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु भएको छ । आइतबार बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार ३६ वर्षीय प्रहरी हबल्दार रामबहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो ।
प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ ।