Logo बैशाख २, २०७८ बिहीबार


मुलुकभर एकैपटक ३ सय ९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार (आज) सातै प्रदेशमा एकैपटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने भएको छ । ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने लक्ष्य अनुरुप सरकारले आधारभूत अस्पताल शुरु गर्न लागेको हो ।

हालसम्म अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ५८ अर्ब बजेट अनुमान गरेको र एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य अनुरुप काम अघि बढ्न लागेको हो । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालका अनुसार स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम अघि बढ्न लागेको हो । लम्सालले उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म थालनी नभएको उल्लेख गर्दै यसलाई स्वास्थ्य क्षेत्रको ‘क्रान्ति’ भन्दा पनि हुने बताउनुभयो ।

सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको जनाएको छ ।

मन्त्रालयका अनुसार दुई वर्षभित्र ५ शय्याका ५२, १० शय्याका १०९ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् ।  सबै अस्पताल निर्माण गरेर दुई वर्षभित्रै सञ्चालन गरिसक्ने सरकारको योजना छ । ३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख निकासा गरि सकिएको छ ।

अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ । सबैभन्दा धेरै प्रदेश १ मा ८६, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइने सरकारी योजना छ ।

सबै स्थानीय तहलाई आजै भवनको शिलान्यास गर्न अनुरोध गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय भएको बताइएको छ । आजै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारकाे तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।