Logo माघ १०, २०७७ शनिबार


नाइजेरियामा ४३ मजदूरको घाँटी रेटेर हत्या

एजेन्सी । उत्तर– पूर्वी नाइजेरियामा शनिबार खेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण गरी कम्तीमा ४३ जनाको हत्या गरिएको छ । मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका हुन्।

नाइजेरियाको बोर्नो राज्यको राजधानी मेडुगुरीनजिक धानखेतमा काम गरिरहेका मजदूरमाथि आक्रमण भएको हो। आक्रमणकारीले उनीहरुलाई पहिला बाँधेका थिए। त्यसपछि घाँटी रेटेर हत्या गरिएकाे जनाइएको छ ।

नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई ‘पागलपन’ को संज्ञा दिएका छन् । पछिल्ला केही महिनामा भएको हमलामध्ये ‘सबैभन्दा विभत्स हमला’ भएको बताइएको छ ।

अहिलेसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन । केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हामीले अहिलेसम्म ४३ को शव भेटेका छौं । सबैको रेटेर हत्या गरिएको छ । ६ व्यक्ति यस्ता पनि छन् जसको शवमा गम्भीर चोट छ । ’ केही मजदुर गायब भएको पनि बताइएको छ ।

एएफपीका अनुसार मारिएका सबै मजदूर उत्तर– पश्चिमी राज्य साकोतोका बासिन्दा थिए। उनीहरु कामको खोजीमा एक हजार किलोमिटर टाढा बोर्नो राज्यमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…