Logo बैशाख १, २०७८ बुधबार


एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु

मोरङ । जिल्लामा भएको एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो ।

सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले बताउनुभयो ।

दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु भएको हो । गम्भीर घाइते भएपछि दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल रहेका छन् । तीनै जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…