श्रम स्वीकृति लिएर मात्रै टिकट लिन आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्रै टिकट लिन सेवाग्राही लाई आग्रह गरेको छ।
आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु काम पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले अनुरोध गरेको हो ।
कार्यालयले आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ । श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने पनि वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।