झापामा अनेरास्ववियुको एकता प्रक्रियाले पूर्णता पायाे

शम्भुजीत दाहाल
झापा । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृसंगठनको एकतालाई झापा अनेरास्ववियुले पुर्णता दिएको छ । प्रधानमन्त्री केपि शर्मा ओलिको जिल्ला समेत रहेको झापामा अनेरास्ववियु (क्रान्तिकारी)बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो।
जिल्ला कमिटी, क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानिय तहहरुको जिम्मेवारी बाँडाफाँड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य नवगठित कमिटीको संयोजकमा अनिल सुबेदी र संयोजक दुर्गा धमला हुनुहुन्छ ।
सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिनुभयो । कर्यालय सदस्य हरुमा अनिल सुबेदी, दुर्गा धमला, रन्जन धमला, नबिन सिटौला, समर्पण खतिवडा, राजेश कार्की, रोशन भण्डारी छन् ।
२१ सदस्यीय सचिवालय गठन गरिएको संयोजक सुवेदीले बताउनुभयो । झापा जिल्लाका मुख्य क्याम्पसहरुमा समेत संयोजक र ससंयोजक तोकिएको छ ।
बिर्तामोड, अर्जुनधारा, कन्काइ, भद्रपुर, शिवसताक्षी नगरपालिका, हल्दिवारी गाउँपालिका, बुद्धशान्ति, कचनकवल, गौरीगञ्ज गाउँपालिका, दमक नगरपालिका, गैरादह नगरपालिका, कमल गाउँपालिका, बाह्रदर्शी गाँउपालिका, झापा गाँउपालिकाका समेत संयोजक सहसंयोजक तोकिएको सुवेदीले जानकारी दिनुभयो ।